FAQs Complain Problems

अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना संदेश ।

सर्वप्रथम १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
श्रमिक वर्गहरुको हक अधिकार प्राप्तिको लागि गरिएको ऐतिहासिक संघर्षलाई संस्थागत गरिएको आजको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा मजदुर दिवसको रुपमा मनाइने गरिन्छ । हाम्रो संविधानले सबै श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको तितो यथार्थ हाम्रा सामु रहेको छ । 
हामीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै गर्दा विश्वव्यापी रुपमा कोरोना भाइरस (COVID-19) को महामारी फैलिएको छ । महामारी फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको प्रभाव पनि श्रमिक वर्गमा नै बढी देखिन्छ । त्यसैले यो असहज अवस्थामा श्रमिकहरुको रोजगारी नखोस्न र सहज ढंगले पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित पक्षहरुसँग अनुरोध गर्दछु । 
अन्त्यमा यस दिवसबाट सम्पूर्ण श्रमिकवर्गलाई एकतावद्ध भएर अघि बढ्ने प्रेरणा प्राप्त होस भन्ने कामना गर्दछु ।
                                                                           (धन बहादुर बुढा)
                                                                                 अध्यक्ष

आर्थिक वर्ष: