ढकारी गाउँपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ । तपाईहरुका सल्लाह, सुझाव गुनासाहरुका लागि हाम्रो ईमेल ठेगाना ito.dhakarimun@gmail.com अथवा हम्रो फेसबुकपेज https://www.facebook.com/HelloDhakari/मा पनि सम्पर्क गर्न सक्नु हुन्छ ।

संक्षिप्त परिचय

ढकारी गाउँपालिका प्रदेश नं. ७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो ।  साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । 

व्यक्तिगत घटना दर्ता सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु

 व्यक्तिगत घटना दर्ता के हो ? 
- व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ । 

२. व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ? 
- जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ । 

३. व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ? 
-  सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको गाउँपालिका वा नगरपालिका । 

Pages

Poll

तपाइलाई गाउँपालिकाले विभिन्न क्षेत्रमा गरेको काम कार्वाही कस्तो लाग्छ ?