FAQs Complain Problems

कम्प्युटर र सुचना तथा संचार प्रविधि सम्बन्धि १ हप्ते आधारभुत तालिम तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

सुचना तथा संचार प्रविधि को द्रुततर विकास र यसको व्यापक प्रयोगबाट समाजको स्वरुप, जीवन शैली र विकासको गति अभुतपूर्व रुपमा परिवर्तन भैरहेको विश्वव्यापी परिवेश छ । ज्ञानमा आधारीत समाज अर्थात सुचना समाजको निर्माणमा विश्वव्यापी प्रयास आरम्भ भैसकेको अवस्था छ । आज पुरै विश्वमा सामाजिक आर्थिक सम्वृद्धिको एक प्रमुख आधारको रुपमा स्थापित भएको छ र यसको उपयोग अपरिहार्य भएको छ । हाम्रो देश नेपालमा सूचना तथा प्रविधिको प्रवेशको इतिहास अन्य केही मुलुकसंग समकालिन भएको भन्न सकिए पनि विस्तार र सुविधाको सुलभ उपलव्धता भने अपेक्षाकृत रुपमा फैलन नसक्दा यसबाट सृजना हुने अवसर को लाभ सिमित भूभाग र जनसंख्यामा खुम्चिएको छ । कम्प्युटर र इन्टरनेटको कारण नै आज पूरा विश्व एउटा ठुलो गाँउमा परिणत भएको छ । कार्यालयका सबै कामकाजहरु देखी लिएर घरमै बसी  बसी सबै कुराहरुको अध्ययन तथा प्रत्यक्ष अवलोकन, अन्य अतिरीक्त ज्ञान, सिप तथा सुचनाहरुको आदानप्रदान अत्यन्तै सहज, छिटो, सस्तो र प्रभावकारीरुपमा सम्पन्न गर्न डिजिटल प्रविधि आज हामी सबैका लागी एक वरदानस्वरुप सावित भएको छ ।  डिजिटल प्रविधिलाई माइनस गरेर अहिलेको युगमा कुनैपनि गाँउ, ठाँउ, समाज र राष्ट्रले विकासको गतिलाई हाँक्न नसक्ने कुरा हामी सबैको प्रत्यक्ष अनुभव एकातिर छ भने अर्कोतिर केही थोरै विकसित कम्प्युटर र इन्टरनेटको दुरुपयोगले ठुला ठुला अपराधहरु र अनेक विकृतिहरुले हाम्रो समाजको व्यवस्थित स्वरुप पनि दैनिक बिग्रदै गएको अवस्था छ । हाम्रो नेपाललाई कम्प्युटर विज्ञान तथा सुचना प्रविधिको विश्व मानचित्रमा खडा गर्न आज एक चुनौती नै छ । यसका लागी सम्पुर्ण सरकारी र गैर सरकारी संघ संस्थाहरु, शिक्षा क्षेत्र, स्वास्थ्य, व्यापार, बैङ्करु आदि सबै पुर्णतः प्रविधिमय हुनु जरुरी छ । यसै कुरालाई मध्यनजर गर्दै यस ढकारी गाउँपालिकाका सबै कर्मचारीहरु र यस अन्तर्गतका १ देखी ८ नं. वडा कार्यालयका सम्पूर्ण कर्मचारीहरुका लागी पहिलो चरणमा मिति २०७५-०२-१७ देखि २३ गते सम्म १ हप्ताको कम्प्युटर र सुचना तथा संचार प्रविधि सम्बन्धिको आधारभुत तालिम तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरीएको थियो ।

आर्थिक वर्ष: