प्रमुख सुचना::
सामाजिक सुरक्षा भत्ता बैंकिक प्रणाली मार्फत भुक्तानी गर्ने वारे ढकारी गाउँपालिकाको अत्यन्त जरुरी सुचना ।
सबै सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउने नेपाल सरकारको नीति बमोजिम ढकारी गाउँकार्यपालिकाको कार्यालयले यहि मिति २०७५/०८/१६ गते श्री सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, ढकारी अछाम शाखा संग सामाजिक सुरक्षा भत्ता बैंकिङ् प्रणाली मार्फत वितरण गर्ने सम्झौता गरेको छ । तसर्थ सम्पुर्ण लाभग्राही हरुले तपसिलको मितिमा निम्न कागजात बोकी खाता खोल्न सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, ढकारी शाखामा उपस्थित हुन अनुरोध छ ।
तपसिल:
- वडा नं. १ मिति: २०७५ मंसिर २३ देखि पैष १ सम्म ।
- वडा नं. २ मिति: २०७५ पैष २ देखि पैष ९ सम्म ।
- वडा नं. ३ मिति: २०७५ पैष १० देखि पैष १७ सम्म ।
- वडा नं. ४ मिति: २०७५ पैष १८ देखि पैष २५ सम्म ।
- वडा नं. ५ मिति: २०७५ पैष २६ देखि माघ ३ सम्म ।
- वडा नं. ६ मिति: २०७५ माघ ४ देखि माघ ११ सम्म ।
- वडा नं. ७ मिति: २०७५ माघ १२ देखि माघ १९ सम्म ।
- वडा नं. ८ मिति: २०७५ माघ २० देखि माघ २७ सम्म ।
आवश्यक कागजातहरु:
- नागरिकताको प्रतिलिपि १ प्रति
- मतदाता परिचयपत्रको प्रतिलिपि १ प्रति
- पासपोर्ट साइजको फोटो २ प्रति
- बालबालिकाको हकमा थप आमाको नागरिकता र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।