FAQs Complain Problems

दुइ दिने पोषण तथा खाध सुरक्षा निर्देशक समिति तथा स्थानिय सरोकारवालाहरुको सहभागितामा पुर्ण पोषण युक्त घर गाउँ टोल तथा वार्ड घोषणा सम्बन्धि अभिमुखिकरण तालिम सञ्चालन ।

दुईदिने वडा स्तरीय पूर्ण पोषण युक्त घर गाउँ टोल तथा वडा घोषणा सम्बन्धि वडा  स्तरीय पोषण तथा खाद्य सुुरक्षा निर्देशक समिति र स्थानिय सरोकारवालाहरुको सहभागितामा ढकारी गाउँपालिका १ को रिमा डाँडामा २ दिने अभिमुखिकरण तालिम शनिवार देखि  सुरु भएको छ ।

ढकारी गाउँपालिका १ का वडा अध्यक्ष भवानी प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रतिनिधि,स्वास्थ्य चौकीका,प्रतिनिधि,महिला स्वास्थ्य स्वयमसेविका,तथा राजनैतिक दलका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ढकारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा उप प्रमुख देवेन्द्र यादवले गर्नु भएको थियो । उक्त कार्यक्रम आइतवार सम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष: