FAQs Complain Problems

चिउरी प्रशोधन मिलको सामाग्रि खरीद तथा ढुवानि सम्बन्धी शिलबन्दी दरभाउ पत्र आव्हानको सुचना ।

प्रथम पटक प्रकाशित मिति: २०७५।०३।१३

यस कार्यालयबाट चिउरी प्रशोधन मिलको सामाग्रीहरु शिलबन्दी दरभाउपत्रबाट खरीद गर्नुपर्ने भएकोले सम्बन्धित इजाजतपत्र प्राप्त इच्छुक उत्पादक तथा अधिकृत विक्रेता सप्लायर्स फर्महरुबाट निम्न शर्तहरुको अधिनमा  रहि रितपुर्वकको शिलबबन्दीमा प्रति इकाइ दररेट भाउपत्र पेस गर्न आवहान गरिएको छ ।

शर्तहरु

१. यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र उत्पादक तथा अधिकृत विक्रेता सप्लायर्स फर्महरुबाट दररेटपत्र दाखिला गर्न चालु आ .व. ०७४।०७५ मा नविकरण भएको इजाजतपत्र,करचुक्ता प्रमाणपत्र, विदेशबाट सामाग्री आयात गर्नको लागि बाणिज्य विभागबाट प्राप्त Exim code को प्रमाणपत्र,आयकर तथा मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी रु १० को टिकट टाँसी कार्यालय समयभित्र  दरभाउपत्र फारम दस्तुर रु १०००। ( फिर्ता नहुने गरि ) बुझाइ यस कार्यालयमा निवेदन दिइ दरभाउपत्र खरिद गर्न सकिनेछ ।

२. दरभाउपत्रदाताले दरभाउ खरीद गर्दा कार्यालय प्रमुखको दस्तखत र कार्यालयको छाप लागेको दरभाउ पत्र खरीद गर्नुपर्नेछ । खरीद भएको दरभाउपत्रदाताको नाम ,ठेगाना, फोन तथा फ्याक्स नं समेत लगाइ शिलबन्दी दरभाउपत्र यस कार्यालयमा दर्ता गराउनुपर्नेछ ।

३. दरभाउपत्र खरीद  गर्ने अन्तिम दिन तथा दाखिला गर्ने वा खोल्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु त्यस पछिको कार्यालय खुलेको दिन सोही समयमा उक्त कार्य हुनेछ ।

४. शिलबन्दि दरभाउपत्रसाथ ४५०००/-(अक्षरुपी पैतालिस हजार मात्र) रकम बराबरको दरभाउपत्र जमानत ढकारी गाउँपालिकाको रा.बा बैक मंगलसेन शाखा अछाममा रहेको मुल संचित खाता नं ४२६०३०४०१८१०७ मा जम्मा गरेको सक्कलै बैक भौचर यस कार्यालयको नाममा जारी भएको प्रचलित कानुनले तोकेको अवधि भएको दरभाउपत्र जमानी पत्र ( विड वण्ड) पेस गर्नुपर्नैछ ।

५ . दरभाउपत्र स्वीकृत भएपछि सुचना अनुसारको अंकको ५  प्रतिशतले हुने रकम बराबरको धरौटी खाता नं. ४२६००३०३००७१०७  ढकारी गाउँपालिकाको रा .बा बैक मंगलसेन शाखा अछाममा जम्मा गरेको बैंक भौचर वा कार्यालयले तोकेको अवधिसम्मको बैंक कार्यसम्पादन जमानतपत्र पेस गर्नुपर्नेछ ।

६. सारभुतरुपमा प्रभावग्राही दरभाउपत्र मध्ये प्याकेजमा सबैभन्दा घटी रकम कबोल गर्ने फर्मको दरभाउपत्र स्वीकृत गरिनेछ ।

७.  कार्यालयको आवश्यकता अनुसार दरभाउपत्रमा उल्लेखित सामाग्रीहरुको परिमाणमा घटबड गर्न सकिनेछ ।

८.  प्रत्येक सामाग्रीहरुको शिलबन्दी दरभाउपत्र दर्ता गर्न आउँदा शिलबन्दी नमुना अनिवार्यरुपमा पेस गर्नु पर्नेछ ।अन्यथा दरभाउपत्र अमान्य हुनेछ ।

९.  ढकारी गाउँपालिकाको कार्यालय बाट देखाएको नमुना बमोजिम गुणस्तरिय सामान ढुवानि, आपुर्ति र जडान समेत गर्नु पर्ने छ । साथै कुनै कारण जनाइ वा नजनाइ दर भाउ पत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ । 

१०. अन्य कुराहरुको हकमा प्रचलित कानुन बमोजिम हुनेछ । थप सम्पर्कको लागि ९८४८५५६५६६ वा ९६१९५२९२९८ मा सम्पर्क गर्न सकिनेछ ।

 

                                                                                                                टेक बहादुर वली

                                                                                                         प्रमुख प्रशासकिय अधिकृत

आर्थिक वर्ष: