FAQs Complain Problems

घरजग्गा नामसारी सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
जग्गा दर्ता वा नामसारी शिफारिस प्रति रोपनी रु २५ राजिनामा, बकसपत्र शिफारिस रु५०० घरबाटो शिफारिस एक कित्ता रु२०० घरबाटो शिफारिस थप प्रति कित्ता १०० अमिन खटन दस्तूर प्रति कित्ता २०० घर नक्सा नामसारी ५०० घर जग्गा मुल्याकन एक लाख सम्मको १५०
आवश्यक कागजातहरु: 

- घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खूलेको निवेदन - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि - सर्जमिन मूचूल्का गरी बूझ्नू पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनूसार सर्जमिन मूचूल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शूल्क बूझाउने - चलानी गरी निवेदकलाइ सिफारिस उपलब्ध गराउने -कानूनी जटिलता भएको देखिएमा कानूनी राय लिईनेछ ।