FAQs Complain Problems

सामाजिक सुरक्षा संचालन कार्यविधि २०७५ लागु भएको वारे ।

 केन्द्रिय पञ्जिकरण विभाग बबरमहल काठमाण्डौको च.नं. ११२, मिति २०७५/०५/१९ को पत्र बमिजिम सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७२ खारेज भई नयाँ सामाजिक सुरक्षा संचालन कार्यविधि २०७५ माननिय मन्त्री स्तरबाट मिति २०७५/०४/२३ मा स्वीकृत प्रदान भएको र सोहि मिति बाट लागु भएकोले सामाजिक सुरक्षा भत्ता सम्बन्धी सम्पुर्ण कार्यहरु नयाँ कार्यविधि अनुरुप हुने जानकारी गराइन्छ ।

  1. नयाँ कार्यविधिको परिच्छेद ३ को उप दफा  २ बमोजिम "नेपाल सरकार वा नेपाल सरकार संग सम्बन्ध स्थापित भएका मित्र राष्ट्र वा तिनका निकायबाट मासिक रुपमा तलब, भत्ता, पेन्सन वा यस्तै अन्य कुनै मासिक सुबिधा पाइरहेका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता पाउने छैनन् " ।
  2. आ.व ०७५/०७६ को प्रथम किस्ता भत्ता पाउने लाभग्राहिको विवरण अध्यावधिक नगरेको भए समयमानै अध्यावधिक गरी आ.व. ०७५/७६ वाट लागु हुने गरी थप भएका लाभग्राहिको विवरण गाउँपालिकालाइ उपल्ब्ध गराइदिनहुन अनुरोध छ । MIS मा दर्ता नभएका लाभग्राहिहरुलाई भत्ता रकम उपल्ब्ध गराउन नसकिने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ .

नयाँ सामाजिक सुरक्षा संचालन कार्यविधि २०७५  यसै साथ संलग्न गरिएको छ ।

आर्थिक वर्ष: